कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आश गुरुङ

लमजुङ — ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । लमजुङको मर्सयाङ्दी गाउँपालिका–२ घनपोखरामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घनपोखराको घिम्राङ खोलाबाट खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं. को ट्याक्टर सोमबार राति घिम्राङ नजिकै सडकबाट घिम्राङ खोलामा खस्दा दुर्घटना भएको हो । अन्दाजी पौने ८ बजेतिर भएको दुर्घटनामा परेर मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी घर भएका ट्याक्टर चालक अन्दाजी २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले घटनाबारे राति जानकारी आएको र तत्काल उद्दार गरी जिल्ला अस्पताल ल्याएकोमा अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनका अनुसार सडकबाट करीब २ सय मिटर तल खसेर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको थियो ।

मर्स्याङ्दी गाउँपालिका–२ का वडाअध्यक्ष चेतबहादुर गुरुङका अनुसार घिम्राङमा बालुवा पुर्‍याएर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो । सडकबाट खसेको ट्याक्टर खोलामै पुगेको उनले बताए । मृतकको शव पोष्टमार्टमको लागि बेसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?