गैंडाकोटमा बस दुर्घटना, १५ घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — दाङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल नजिकै पल्टिँदा १५ जना घाइते भएका छन् ।

बिहीबार बिहान ना ७ ख ४०३८ नम्बरको बस गैंडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो । घाइते सबैको पुरानो मेडिकल कजेजमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बस अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट तल पल्टिएको थियो। दुर्घटनामा परी पूर्वी नवलपरासीको गैंडाकोटकी ४ वर्षीया बालिका पार्वती उपाध्याय, गैंडाकोटकै दयाराम शर्मा, प्रदीप तिवारी, काठमाडौं सीतापाइलाका प्रकाश घिमिरे, दाङका लिला कुमाल लगायत घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक भने फरार छन् ।

प्रकाशित : मंसिर २३, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?