१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मणिपाल कलेजले अतिरिक्त शुल्क उठाएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

दीपक परियार

पोखरा — पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको भन्दै अनेरास्ववियुले बुधबार विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु गण्डकी प्रदेशले यसअघि नै मंसिर २० देखि अनिश्चितकालका लागि ताला लगाएको थियो । 

मणिपाल कलेजले अतिरिक्त शुल्क उठाएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

विरोध कार्यक्रममा अनेरास्ववियुले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्कन आह्वान गरेको छ । अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले अध्ययन गर्न आएका विद्यार्थीलाई बाहिर नबोल्न कलेजबाट धम्की दिइरहेको प्रति खेद व्यक्त गरे । आन्दोलनका कार्यक्रम विभिन्न स्वरुपमा अगाडि बढ्ने अनेरास्ववियु गण्डकी प्रदेश सचिव आरके पोख्रेलले जानकारी दिए । यसअघि संयुक्त विद्यार्थी संगठनले मणिपालले लिने अतिरिक्त शुल्क हटाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका थिए ।

मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् । खान र बस्नबाहेक मेडिकल कलेजले विद्यार्थीसँग शुल्क लिनु गैरकानुनी हो । होस्टलमा खाने र बस्ने पनि विद्यार्थीको ऐच्छिक विषय हो । मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा पास भएर विश्वविद्यालयमै भर्ना भएर पढ्न गएका विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागेको अभिभावकले बताएका छन् ।

एमबीबीएसलगायत चिकित्सा शिक्षाको नयाँ शैक्षिक सत्र आइतबार सुरु भएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका अधिकांश मेडिकल कलेजले बढी शुल्क लिन ‘मोलमोलाइ’ गरेको अभिभावक र विद्यार्थीले बताएका छन् ।

मणिपालले पनि काठमाडौं विश्वविद्यालयबाटै सम्बन्धन पाएको हो । मणिपालले खेलकुद, सूचना प्रविधि शीर्षकमा २० हजार, डकुमेन्टेसन शुल्क २ हजार, धरौटीबापत २ लाख ३०, काठमाडौं विश्वविद्यालय रजिस्ट्रेसनबापत २५ हजार, नेपाल मेडिकल काउन्सिल शुल्क ५ हजार, होस्टल फर्निसिङ शीर्षकमा २० हजार, होस्टलबापत १ लाख ३८ हजार, मेस शुल्क १ लाख ५० हजार, इन्स्योरेन्स र मेडिकेयर शीर्षकमा ६५ हजार शुल्क लिएको छ । त्यसबाहेक परीक्षा शुल्क भनेर छुट्टै मागिएको छ ।

विद्यार्थीले पहिलो किस्ताबापतको १३ लाख ४१ हजार ८३ रुपैयाँ काठमाडौं विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् । होस्टल र खानाबाहेक पैसा नलाग्ने, होस्टल बस्न पनि अनिवार्य नभएको भनिए पनि विभिन्न शीर्षकमा पैसा मागिएको विद्यार्थीले बताएका छन् ।

यो पनि

प्रकाशित : मंसिर २२, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?