१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

आफैले बोकेको बन्दुक पड्किएर तनहुँमा एक युवकको मृत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँको शुक्लागण्डकीमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी-१ थप्रेकस्थित तुरतुरे पाखाको जंगलमा गए राति  सिकार खेल्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्केर गोली लाग्दा स्थानीय १७ वर्षीय रोमित मल्लको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

सिकार खेल्न सँगै गएका अर्का ४७ वर्षीय सुनबहादुर गुरुङलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोली लागेर गम्भीर घाइते भएका मल्ललाई स्थानीयले थप्रेक प्राथमिक स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍यएपछि घटना सार्वजनिक भएको थियो ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?