कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लमजुङमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका २, भकुण्डेमा शनिबार साँझ मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । ना३५प १८०० नम्बरको मोटरसाइकलले ठक्करबाट पैदल हिँडिरहेका भारत मोतिपुर घर भएका अन्दाजी ४५ वर्षीय शिवनारायण पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले जनाए । 

उनका अनुसार शनिबार साँझ बेंसीसहरबाट उदिपुरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पटेलको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

बेंसीसहर नगरपालिका ८, अस्पताल क्षेत्र आसपास बस्दै आएका पटेल मिस्त्री काम गर्दै आएका थिए । काम गर्ने क्रममा उनी बेंसीसहरबाट भकुण्डे पुगेका थिए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक बेंसीसहर नगरपालिका १, उदिपुरका २१ जर्षीय सुजन खवास पनि सामान्य घाइते भएका र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक दुवै प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रकाशित : मंसिर १८, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?