१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विपन्न र जेहेनदारलाई गाउँपालिकाले इन्जिनियर पढाउने

रासस

काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले त्यसका लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्ने जनाएको छ । विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कुलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना छ ।

गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि विद्यार्थीहरूले गाउँपालिकामै बसेर सेवा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?