बुढीगण्डकीमा खसेर बेपत्ता

गोरखा — चुमनुव्री गाउँपालिका–४ गपस्थित भीरबाट बुढीगण्डकीमा खसेर बागलुङ निसिखोला गाउँपालिका–६ का ४१ वर्षीय वीरबहादुर घर्ती बेपत्ता भएका छन् ।

सिर्दिवासबाट खच्चडमार्फत उपभोग्य सामाग्री पुर्‍याउन नामरुङ हिँडेका घर्ती गपस्थित साँघुरोबाटोबाट झन्डै एक सय ५० मिटर तल बुढीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

घर्ती उत्तरी क्षेत्रमा खच्चड धपाउने काम गर्दै आएका थिए । स्थानीय लार्के प्रहरी चौकीबाट खटि गएको प्रहरी टोलीले बुधबार बिहानबाट स्थानीयको सहयोगमा बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ । ‘तल ठाडै भीर छ, बेपत्ता भएका व्यक्तिको झोला, पर्स मोबाइल, टोपी किनारमा फेला परेको छ,’ उनले भने ।


प्रकाशित : मंसिर १५, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?