१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

प्रकाश बराल

बागलुङ — बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा जिप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बा १८ च ५६७७ नम्बरको उक्त जिपमा सवार अन्य तीन जना घाइते भएका छन् ।

घटनाको जानकारी भएपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि पठाइएको छ । घाइतेलाई धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन स्थानीय र प्रहरीले तयारी गरेको छ । घाइतेको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए ।


प्रकाशित : मंसिर १५, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?