लमजुङ माओवादी केन्द्रको ६ पालिकामा सर्वसम्मत कमिटी गठन- गण्डकी - कान्तिपुर समाचार

लमजुङ माओवादी केन्द्रको ६ पालिकामा सर्वसम्मत कमिटी गठन

आश गुरुङ

लमजुङ — नेकपा (माओवादी केन्द्र) लमजुङले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्वसहित पार्टी कमिटी गठन गरेको छ । सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र राइनास नगरपालिका साथै दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकामा सर्वसम्मत कमिटी गठन गरेको माओवादी केन्द्रले जनाएको छ ।

आइतबारसम्म ६ वटा पालिकाको प्रथम अधिवेशन सकिएको र बेंसीसहर नगरपालिका साथै क्व्होलासोंथर गाउँपालिकाको अधिवेशन भने बाँकी रहेको पार्टी सविच सुनिल सुनारले बताए । बाँकी २ वटा स्थानीय तहमा १४ गते अगावै कमिटी गठन गरिने उनले बताए ।

सुन्दरबजार नगरपालिकामा अध्यक्ष मुरारी भुजेल, उपाध्यक्षमा सूर्य बहादुर बुढापृथि, सिर्जना अधिकारी र महेन्द्र अधिकारी, सचिवमा ध्रुवबहादुर विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्ष अप्सरा विकसहित ५५ सदस्यीय कमिटी गठन गरिएको छ ।

मध्यनेपाल नगर कमिटीको अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, सोमराज अधिकारी र कृष्णप्रसाद तिवारी चयन भएका छन् । सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरेसहित ४९ सदस्यीय कमिटी चयन भएको छ ।

राइनासको अध्यक्षमा पुष्प खनाल, उपाध्यक्षमा सूर्य नेपाली, राजकुमारी गुरुङ र हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, सहसचिवमा प्रेम श्रेष्ठ र कोषाध्यक्षमा खिला शर्मा घिमिरेसहित ६५ सदस्यीय कमिटी गठन भएको छ । दोर्दी गाउँपालिका अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चीन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता वि.क.सहित ४३ सदस्यीय कमिटी गठन गरिएको छ ।

दूधपोखरी गाउँपालिका अध्यक्षमा क्षेत्रबहादुर गुरुङ, उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा निलकुमारी परियारसहित २१ सदस्यीय कमिटी गठन गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । माओवादी केन्द्रका सचिवालय सदस्य होमबहादुर विकले सोमबार ऊर्जामन्त्री पम्फा भुषाल खुदीमा आउने र उनको उपस्थितिमा घोषणा सभा गरी पदाधिकारी र सदस्यको घोषणा गरिने बताए ।

प्रकाशित : मंसिर १२, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

बन्दसत्र ७ बजे बोलाइएकोप्रति रावलले गरे धाँधली हुने आशंका

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका भीम रावलले साँझ ७ बजेका लागि बन्दसत्र बोलाएकोप्रति आशंका व्यक्त गरेका छन् । आइतबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने भनिएपछि दिनभर बस्न सकेन । बन्दसत्र साँझ ७ बजे बोलाइएको छ । 


रावलले दिनभर बन्दसत्र नगरेको र साँझ ७ बजे बोलाएकोमा आशंका गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, 'दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।'

रावलले अध्यक्षमा दाबी गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिनभर सहमतिको प्रयासका लागि भन्दै नेताहरूसँग छलफल गरेका थिए । आफ्नै समूहका नेताहरू सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष एवं विष्णु पौडेल र शंकर पोखरेलले महासचिव पदमा दाबी गरेका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष आफूलाई बनाउन नभए निर्वाचनमा जान भन्ने सन्देश ओलीलाई फठाएका थिए । अन्य पदमा पनि सर्वसम्मत गर्नका लागि ओलीले दिनभर छलफल गरेका छन् । जसका कारण बन्दसत्र नै अगाडि बढ्न सकेको छैन ।


प्रकाशित : मंसिर १२, २०७८ १८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×