कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस कास्कीमा संस्थापन पक्षका बराल विजयी

दीपक परियार

पोखरा — कांग्रेस कास्कीको सभापतिमा संस्थापन पक्षका किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पौडल पक्षका भट्टराई यसअघि जिल्ला सचिव थिए ।

कांग्रेस कास्कीमा संस्थापन पक्षका बराल विजयी

शुक्रबार भएको मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका पाँच उम्मेदवारमध्ये कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएपछि उत्कृष्ट दुई बीच शनिबार पुनः मतदान भएको हो ।

दोस्रो चरणको मतदानमा कूल १९ सय २६ मत खसेको थियो । जसमा बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरे ।

पहिलो चरणमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । बरालबाहेक सबै संस्थापनइतरका उम्मेदवार थिए ।

पहिलो चरणको चुनावबाट गुरुङ, शर्मा र गौतम बाहिरिँदा बराल र भट्टराईबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा पराजित भएका सभापति पदका तीनै जना उम्मेदवारले दोस्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउने भन्दै हस्ताक्षरसहितको पर्चा मतदाताबीच बाँड्न लाग्दा विवाद भएको थियो । तीनजनाले उम्मेदवार भट्टराईलाई मत दिन आफ्ना समर्थकलाई आग्रह गरेपनि पौडलपक्षको बलियो पकड रहेको जिल्लामा बरालले बाजी मारेका हुन् । पौडेल पक्षमा पनि भट्टराई यज्ञबहादुर थापानिकटका हुन् । पौडलपक्षकै कांग्रेस नेता शुक्रराज शर्माले बराललाई साथ दिएपछि उनी विजयी भएको बताइन्छ ।

पहिलो चरणमा बरालले सबैभन्दा धेरै ६४४ र भट्टराईले ४७२ मत प्राप्त गरेका थिए । गुरुङले ४६२, शर्माले ३३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।

कार्यसमितिको अन्य पदमा भने मतगणना जारी छ । यसअघि महाधिवेशन प्रतिनिधिमा कास्कीबाट ७८ मध्य संस्थापन पक्षका २१ जनामात्रै निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १२, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?