२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पर्वत कांग्रेसको सभापतिमा जोशी विजयी

अगन्धर तिवारी

पर्वत — नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । जोशीले यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । जोशीले ११ सय ८६ खसेका मतमध्ये ६ सय ९ अर्थात् करिब ५१.५० प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन् ।

पर्वत कांग्रेसको सभापतिमा जोशी विजयी

उनका प्रतिद्वन्द्वी मल्लले चार सय ४९ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार मिलन सुवेदीले ९६ मत प्राप्त गरे । जोशीले पौडेल पक्ष समेतको समर्थनमा उम्मेदवारी दिएका थिए ।

पर्वत कांग्रेसमा संस्थापन (देउवा पक्षकै) दुई प्यानल चुनावी मैदानमा थिए । पौडेल पक्षको न्यून प्रभाव रहेको पर्वतमा उक्त पक्षले समेत जोशीलाई सहयोग गरेका कारण चुनावमा जोशीलाई सहज भएको कार्यकर्ताहरु बताउँछन् । जोशी कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका सहोदर भाइ हुन् । यसअघि तत्कालीन संस्थापन (कोइराला) पक्षमा खुलेर लागेका जोशी १३ औं महाधिवेशनमा देउवा प्यानलमा लागेका थिए ।

उनलाई टक्कर दिन लामो समयदेखि देउवा पक्षमै लागेका पूर्वजिल्ला सभापतिहरु लालकाजी गुरुङ नवराज गुरुङसहित वसन्तबहादुर सिके, खगेन्द्र तिवारी, ऋषिकेश तिवारीलगायतको समूहले तत्कालीन कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई उम्मेदवार बनाएको थियो । सभापतिसहित जिल्ला कार्यसमितिबाहेक सबैजसो पदाधिकारी र सदस्य जोशी प्यानलकै विजयी भए ।

उपसभापतिमा जोशी प्यानलका डा. चुडामणि शर्मा र शिवप्रसाद सुवेदी विजयी भए । सचिवमा जोशी प्यानलकै अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा विजयी हुँदा सहसचिवमा मल्ल प्यानलका अच्युत तिवारी र जोशी प्यानलका तिलकप्रसाद भुषाल विजयी भए ।

जिल्ला सदस्यमा ओम गिरी, प्रमोद पाण्डे, कुलप्रसाद शर्मा, लक्ष्मीदेबी बैरागी, हेमशर्मा पौडेल, जगतशंकर पौडेल, प्रकाश आचार्य, मुकुन्द गौतम, रामचन्द्र तिवारी विजयी भए । दलिततर्फ भोर्ले सार्की, मनमाया नेपाली र राजु विक विजयी भए । आदिवासी जनजातितर्फ लेखवहादुर थापा र अलपसंख्यकतर्फ शान्ति शर्मा कुमाल निर्वाचित भए । जिल्ला सदस्यहरुमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टीकाराम भुसाल, लक्ष्मी आचार्य, भुलबहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन भइसकेका थिए ।

महाधिवेशन प्रतिनिधिमा समेत अधिकांश जोशी प्यानलबाटै विजयी भएका छन् । खुलातर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्वान गुरुङ विजयी भए । त्यस्तै ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके, खिमप्रसाद भुसाल विजयी भए । खुल्ला महिलातर्फ सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ, राधाकुमारी कुँवर क्षेत्री विजयी भए । खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी, डा. केदार सुवेदी र कुलप्रसाद उपाध्याय निर्वाचित भए ।

महिला खस आर्यतर्फ मुना शर्मा लामिछाने, मिनाकुमारी केसी र सिर्जना मल्ल निर्वाचित भए । आदिवासी जनजातितर्फ मिना कमाचार्य, मोहनबहादुर गुरुङ तथा अपांगतर्फ लेखनाथ पौडेल निर्वाचित भए । दलिततर्फ जितबहादुर नेपाली र दलित महिलामा खैसरा दर्जी निर्वाचित भइन् । पिछडिएको वर्ग तथा मुस्लिम समुदायबाट सनम बेगम निर्विरोध चयन भएकी थिइन् ।

प्रकाशित : मंसिर १०, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?