कांग्रेस महाधिवेशन : पौडेलविरुद्ध देउवा–शशांक गुट

पूर्वी नवलपरासी — कांग्रेस अधिवेशनअन्तर्गत पूर्वी नवलपरासीमा सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला पक्षका महाधिवेशन प्रतिनिधि धेरै चयन भएका छन् ।

कांग्रेस महाधिवेशन : पौडेलविरुद्ध देउवा–शशांक गुट

यहाँ रामचन्द्र पौडेल गुटका विरुद्ध देउवा र शशांक गुटले संयुक्त प्यानल बनाएर उम्मेदवारी खडा भएको हो । केन्द्रमा पानी बाराबरको स्थितिमा रहेको देउवा र शशांक गुटले यहाँ संयुक्त प्यानल बनाएको हो ।

दुई संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा देउवा–शशांक पक्षका २२ जना र पौडेल पक्षका ३ जना महाधिशेन प्रतिनिधिमा विजयी भएका छन् । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बराबर मत भएकाले बिहीबार पुनः गणना हुने भएको छ ।

त्यसैगरी शशांकको निर्वाचन क्षेत्रबाट (एक नम्बर क्षेत्रबाट) निर्वाचित महाधिवेशन प्रतिनिधिमा देउवा–शशांक पक्षधरले बहुमत पाएको छ । यहाँबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधिमा १६ जना देउवा–शशांक गुट र ९ जना पौडेल गुटका निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिका लागि यहाँ आउँदो शनिबार निर्वाचन हुँदै छ । यसैबीच, संघीय सांसद सत्यनारायण खनाल कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी पौडेल खेमाबाट उम्मेदवार बनेका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?