१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
कांग्रेस महाधिवेशन

पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन फेरि सर्‍यो

नारायण शर्मा

पूर्वी नवलपरासी — कांग्रेस पूर्वी नवलपरासीको जिल्ला अधिवेशन ९ दिन पछि सरेको छ । निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जिल्ला कार्यसमितिको आग्रह अनुसार निर्वाचन कार्यतालिका ९ दिन पछि सारिएको जानकारी दिए ।

पूर्वी नवलपरासी कांग्रेसको अधिवेशन फेरि सर्‍यो

यसअघिको कार्यतालिकामा आज शुक्रबार जिल्ला कार्य समिति चयनका लागि मनोनयन गर्ने र शनिबार मतदान गर्ने सूचना थियो । मंसिर १९ गते मनोनयन र २० गते निर्वाचन हुने गरी निर्वाचन सारिएको कँडेलले जानकारी दिए ।

पार्टी स्रोतका अनुसार दुई खेमामा विभाजित यहाँका जिल्ला नेताहरुले आआफ्नो खेमामा उम्मेदवार छनोट गर्न नसकेका कारण दुवै पक्षको सहमतिमा जिल्ला अधिवेशन सारिएको हो ।

पूर्वी नवलपरासीमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको संयुक्त प्यानल रहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को खेमामा नेताहरु विभाजित छन् ।

पालिका र क्षेत्रीय अधिवेशनको नतिजा हेर्दा देउवा–कोइराला संयुक्त प्यानलभन्दा पौडेल खेमा बलियो भएको छ । पालिकाबाट छनोट हुने प्रतिनिधिको संख्या देउवा कोइरालाको धेरै देखिएपनि प्रदेशको निर्वाचन सम्पन्न गर्दा पौडेल पक्ष नेतृत्वमा बढी चुनिएको छ ।

प्रकाशित : मंसिर १०, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?