
लमजुङ — नेपाली कांग्रेस लमजुङको सभापतिमा टकराज गुरुङ विजयी भएका छन् । उनले गमप्रसाद गुरुङलाई हराउँदै विजय हात पारेका हुन् । गमप्रसादले पराजित व्यहोरे पनि कार्य समिति र महाधिवेशन प्रतिनिधिमा भने उनी पक्ष हावी छ ।

बुधबार सकिएको मतगणना अनुसार पार्टी सभापतिमा निर्वाचित टकराजको पक्षमा उनीसहित ४ पदाधिकारी र १ जनामात्रै सदस्य निर्वाचित भएका छन् । गमप्रसादको टीमबाट ३ जना पदाधिकारी र १९ जना सदस्य निर्वाचित भएका छन् । कार्य समितिका १३ जना सदस्य सर्वसम्मत भइसकेका थिए । यसमा दुवैपक्षका बराबरीजस्तै छ ।
टकराज संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिन्छ । गमप्रसाद वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छ । चुनावमा देउवा पक्षका टकराज र पौडेल पक्षका गमप्रसाद प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । तेस्रो धार मानिएको कोराइला परिवार समर्थक शंकरकान्त जोशी–बृषराज गुरुङपक्ष टकराजको पक्षमा लागेपनि नयाा समीकरणबाट उम्मेदवार बनाइएकामध्ये सदस्यमा १ जनाले मात्रै जित हासिल गरेका छन् ।
उपसभापतिमा गमप्रसाद पक्षका आनन्द घिमिरे र टकराज पक्षका श्रीकान्त घिमिरे निर्वाचित भएका छन् । सचिवमा टकराज पक्षका कृष्णबहादुर अधिकारी र गमप्रसाद पक्षधर विमल श्रेष्ठ निर्वाचित भएका छन् । सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङ र टकराज प्यानलका विश्व पौडेल निर्वाचित भएका छन् ।
गमप्रसाद प्यानलबाट बेंसीसहर नगरपालिका महिला सदस्यमा सरस्वती धिताल, खुला सदस्यमा किशोरकुमार बस्नेत र राजेश थापा विजयी भएका छन् । सुन्दरबजार नगरपालिका खुला सदस्यमा केशवराज गौली र विश्वनाथ अधिकारी, मध्यनेपाल नगरपालिकाबाट गगन घिमिरे र चन्द्रमणि पौडेल, राइनास नगरपालिका महिला सदस्यमा नरमाया देवकोटा, राइनास नगरपालिका खुला सदस्यमा रामचन्द्र अधिकारी र दूधपोखरी गाउँपालिका खुला सदस्यमा कमलप्रसाद धिताल विजयी भएका छन् ।
गमप्रसादकै टीमबाट खसआर्य खुला सदस्यमा कमलबहादुर अधिकारी र तिलकबहादुर थापा, आदिवासी जनजाति खुला सदस्यमा जैमान गुरुङ, धर्मजंग घले, भरतराज घले र राजकुमार गुरुङ, दलित महिला सदस्यमा लक्ष्मी परियार, दलित खुला सदस्यमा गोपाल परियार र अल्पसंख्यक वा अपांगता सदस्यमा जाकिर हुसेन मिया निर्वाचित भएका छन् । टकराजको टीमबाट एकजनामात्रै राइनास नगरपालिका खुला सदस्यमा कृष्णबहादुर थापामात्रै निर्वाचित भएका छन् ।
सभापतिमा भने पौडेलपक्षका गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउादा टकराज ४ वर्षका लागि कांग्रेस लमजुङको सभापति बनेका छन् । टकराजले ७ सय १७ मत ल्याएका थिए । गमप्रसादले ५ सय ८५ मत पाएका छन् ।
महाधिवेशन प्रतिनिधिमा संस्थापनपक्ष टकराजको प्यालनका १० जना निर्वाचित भएका छन् । पौडेल पक्षधर गमप्रसाद प्यानलका १७ जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि खुलामा टकराज प्यानलबाट कृष्णप्रसाद कोइराला, तुलसीनारायण श्रेष्ठ र जीवनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । टकराजको टीमबाट निर्वाचित बृषराज गुरुङ भने संस्थापन पक्षधर नभएको कांग्रेस स्रोतले बताएको छ । निर्वाचनमा कोइराला परिवारसंग नजिक मानिने शंकरकान्त जोशी–बृषराजको टीमले टकराजको टीमलाई सघाएको थियो ।
पौडेल पक्षधर गमप्रसादको टीमबाट चन्द्रबहादुर कुावर, डिकेन्द्रराज काडेल, भेषबहादुर पौडेल, रमेशकुमार पाण्डे, रामबहादुर गुरुङ र हरिप्रसाद बराल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । निर्वाचनमा पूर्व सहायक मन्त्री रामचन्द्र अधिकारी, डा. लक्ष्मीकान्त पौडेलदेखि पूर्व क्षेत्रीय सभापति विष्णुप्रसाद धिताल, आवासीय विद्यालय संचालक बाबुराम पौडेल, पूर्व सभापति शंकरकान्त जोशी, शिक्षक संघका अध्यक्ष शिवराज अधिकारीलगायत पराजित भएका छन् ।
गमप्रसादको टीमबाट महिलामा छुपीमाया गुरुङ र विष्णुमाया धिताल निर्वाचित भएका छन् । टकराजको टीमबाट अस्मिता गुरुङ र धनकुमारी गुरुङ विजयी भएका छन् । खसआर्य महिलामा गमप्रसादको टीमका उम्मेदवार ज्ञानु शाह निर्वाचित भएका छन् । खसआर्य खुलामा गमप्रसाद प्यानलका गोविन्द्रपसाद धिताल र टकराज प्यानलका तीर्थबहादुर थापा निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलामा गमप्रसाद टीमबाट राधादेवी श्रेष्ठ र टकराज टीम्बाट सुकमाया गुरुङ निर्वार्चित भएका छन् ।
आदिवासी जनजाति खुलामा गमप्रसाद प्यानलका गर्जबहादुर गुरुङ, राजु गुरुङ र ललितकुमार गुरुङ निर्वाचित भएका छन् । जिल्लामा गमप्रसाद प्यानलबाट उम्मेदवार बने पनि गर्जबहादुर शेराबहादुर देउवा पक्ष मानिन्छ । दलित महिलामा गमप्रसाद प्यानलबाट टीकाकुमारी बस्याल निर्वाचित भएका छन् । गमप्रसाद प्यानलबाटै दलित खुलामा दीपकबहादुर विश्वकर्मा र नुरमोहमद मिया साथै टकराज गुरुङ प्यानलबाट अपांगता सदस्यमा दीपेन्द्र गुरुङ निर्वाचित भएका छन् ।
पुनः मतगणना माग
नेपाली कांग्रेसको निर्वाचनमा महाधिवेशन प्रतिनिधि खुलामा पराजित घोषणा भएका कांग्रेस पूर्व सभापति शंकरकान्त जोशीले पुनः मतगणना माग गरेका छन् ।
मनगणनामा धाँदली भएको भन्दै उनले बुधबार नै निर्वाचन अधिकृतसमक्ष पुनः मन गणनाको लागि निवेदन दिएका हुन् । निर्वाचनमा ५ सय ४८ मत ल्याएका उनले अधिवेशनको क्रममा भएको मतगणनामा धाादली भएको भन्दै पुनः मतगणनाको माग गरेको बताए ।
कांग्रेस निर्वाचन अधिकृत थानेश्वर दवाडीले उम्मेदवार शंकरकान्त जोशीबाट पुनः मतगणनाको लागि निवेदन आएको तर पुनः मतगणना नगर्ने निर्णय भएको बताए । जिल्लामा पुनः मतगणना नगर्ने निर्णय गरेपछि उनले निर्वाचनको केन्द्रीय कार्यालयमा पुनः मतगणनाको माग गरेका छन् । उनले बिहीबार एक सार्वजनिक वक्तव्य निकाल्दै आफूले जितिसकेको चुनाव जानाजान गणक कर्मचारीले अरुको धेरै मत देखाइदिएको आरोप लगाएका छन् ।
कांग्रेस निर्वाचनमा लमजुङमा कूल १ हजार ३ सय ७४ प्रतिनिधि मतदाता रहेकोमा १ हजार ३ सय ३९ मत खसेको थियो । यसमा १ हजार ३ सय २ मत सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत दवाडीले बताए ।
प्रकाशित : मंसिर ९, २०७८ १७:४१