नवलपरासीका ३ जना पालिका प्रमुख कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि केन्द्रीय नेतृत्व छान्न प्रतिनिधिको उम्मेदवार बनेका यहाँका तीनवटा गाउँपालिकाका प्रमुखहरू फराकिलो मतान्तरले पराजित भएका  छन् ।

नवलपरासीका ३ जना पालिका प्रमुख कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

उनीहरू तीनैजना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका थिए । बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर जिसी, बौदीकाली गाउँपालिकाका प्रमुख दुर्गाबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

उनीहरू सबै ६० भन्दा कम मतको अन्तरले पराजित भएका छन् । उनीहरू सबै क्षेत्र नम्बर २ बाट महाधिशेन प्रतिनिधिमा उम्मेदवार बनेका थिए । जिल्लाका ८ वटा पालिकामा ६ वटामा कांग्रेसले स्थानीय तहको निर्वाचन जितेको हो ।

गैंडाकोट नगरपालिकासहित यहाँका ७ वटा पालिकामा नेपाली कांग्रेसको प्रष्ट बहुमत रहेको छ । उनीहरूको स्थानमा स्थानीय स्तरका कार्यकर्ता विजयी भएका छन् । उनीहरूलाई शेरबहादुर देउवा पक्षको गठबन्धनले पराजित गरेको हो । पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ मा देउवा पक्ष बलियो देखिएको छ । यहाँ रामचन्द्र पौडेल विरुद्ध देउवा र डा शशांक कोइरालाको गठबन्धन रहेको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?