कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गण्डकीमा पौडेल समूहको वर्चस्व

प्रदेश ब्युरो

पोखरा — कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मंगलबार साँझसम्म विभिन्‍न प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचित महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चस्व कायम रहेको छ ।

गण्डकीमा पौडेल समूहको वर्चस्व

११ जिल्लामध्ये गण्डकीका मनाङ, मुस्ताङ, म्याग्दी र गोरखा जिल्लाको सबै नतिजा यसअघिनै सार्वजनिक भइसकेको थियो । स्याङजाको पनि मंगलबार सम्पन्न भएको छ । अन्य जिल्लामा मतगणनाको परिणाम आउने क्रम जारी छ ।

११ जिल्लाका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पार्दासम्म १० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यी क्षेत्रका २ सय ५५ महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) पक्षमा १ सय ३ देखिएका छन् । यसैगरी संस्थापन इतर अर्थात पौडेल (शशांक, प्रकाशमान र शेखर) पक्षमा १ सय ४३ प्रतिनिधि चुनिएका छन् । ८ तटस्थ देखिएका छन् भने एकजना अन्य (गगन थापा) पक्षधरका छन् ।

गोरखामा ५३ महाधिवेशन प्रतिनिधिमा ३२ संस्थापन (देउवा) र १५ पौडेल (शशांक, प्रकाशमान र शेखर) पक्षका छन् । यसैगरी ६ महाधिवेशन प्रतिनिधि तटस्थ छन् । त्यस्तै, मुस्ताङका सबै २५ जना नै पौडेल पक्षमा निर्वाचित भएका छन् । मनाङमा १५ संस्थापन र १० पौडेल पक्षका रहेका छन् । म्याग्दीमा २७ मध्ये संस्थापनका १६ र पौडेल पक्षका ८, तटस्थ २ र एकजना अन्य पक्ष (गगन थापा) का छन् ।

कास्कीका ३ मध्ये २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने एउटामा मतगणना जारी छ । दुई क्षेत्रका ५० महाधिवेशन प्रतिनिधिमध्ये संस्थापनमा १३ र अरु पौडेल पक्षधर छन् । स्याङजाका दुवै निर्वाचन क्षेत्रका ५० प्रतिनिधिमध्ये २३ संस्थापन र २७ इतर पक्षका छन् ।

स्याङजामा अहिले संस्थापन इतर पक्षका भनिए पनि महाधिवेशनमा अधिकांशले देउवालाई साथ दिने अड्कल पनि गरिएको छ । तनहुँका दुई निर्वाचन क्षेत्रमध्ये एउटाकोमात्र नतिजा सार्वजनिक भएको छ । तनहुँ–१ क्षेत्रबाट संस्थापनमा ४ र पौडेल पक्षमा २१ जना प्रतिनिधि चुनिएका छन् ।

प्रकाशित : मंसिर ७, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?