१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मूल्यवृद्धिको विरोधमा चन्द समूहद्वारा राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन

नारायण शर्मा

कावासोती — इन्धनमा मूल्यवृद्धि भएको बिरोधमा नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीले कावासोतीमा महेन्द्रराजमार्गको यातायात अवरुद्ध गरेर प्रर्दशन गरेको छ ।

मूल्यवृद्धिको विरोधमा चन्द समूहद्वारा राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन

आइतबार दिउँसो नेकपाका कार्यकर्ताहरूले राजमार्गमा उत्रिएर नारावाजी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । एक घण्टा लामो प्रदर्शनको क्रममा उनीहरूले सरकारविरुद्ध चर्का नारावाजी गरेका थिए । प्रदर्शनका कारण सयौंको संख्यामा लामो तथा छोटो दूरीका सवारीसाधनहरू घण्टौंसम्म सडकमै रोकिएका थिए ।

इन्धनमा मूल्यवृद्धि गरिएकोमा काठमाडौंमा पनि सत्तारुढ गठबन्धनसहित विभिन्न ६ राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले खाली ग्यासका सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?