कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानन्यायाधीशको राजीनामा माग्दै बागलुङमा पनि वकिलहरुको धर्ना

प्रकाश बराल

बागलुङ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बागलुङमा पनि वकिलहरुको धर्ना

उच्च अदालत बार एसोसिएसन बागलुङको आयोजनामा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले धर्ना दिएका हुन् । विवाद र भ्रष्ट्राचारमा डुबेको भन्दै प्रधानन्यायाधिशविरुद्ध कालोपट्टी बाँधेर उनीहरुले प्रदर्शन गरेका थिए ।

‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान स्वरुप धर्नामा बसेका हौं,’ उच्च अदालत बार ईकाई बागलुङका अध्यक्ष अखिलनाथ शर्माले भने, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्छ ।’

धर्नामा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा र कृष्णप्रसाद शर्मासहितका वकिल सहभागी थिए । उनीहरुको आन्दोलनमा लेखापढी व्यवसायीले पनि साथ दिएका थिए । बारले सोमबार र मंगलबार पनि अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको छ ।

प्रकाशित : कार्तिक २८, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?