१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मूल्यवृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला दहन

नारायण शर्मा

पूर्वी नवलपरासी — इन्धनको मूल्यवृद्धि गरेको विरोधमा कावासोतीमा अनेरास्ववियु सर्मथकले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । उनीहरुले सरकारको विरोधमा नाराबाजी समेत गरेका थिए ।

मूल्यवृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला दहन

सर्वसाधारणको ढाड सेक्नेगरी देउवा सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै कावासोतीको फिल्महल चोकमा अनेरास्ववियुले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियुका जिल्ला संयोजक कृष्ण गैरेले जनताको ढाड सेक्नेगरी वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गरे । उनीहरुले केहीबेर राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

प्रकाशित : कार्तिक २५, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?