१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सामूहिक बलात्कारका आरोपी १९ दिनपछि पक्राउ

घनश्याम खडका

म्याग्दी — बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई बलात्कार गरी फरार भएका तीन आरोपीहरू १९ दिनपछि पक्राउ परेका छन् । बलात्कार आरोपीका परिवारले कात्तिक ४ गते बिहानसम्म थुनछेक गरी आर्थिक प्रलोभनमा घटना लुकाउने प्रयास गरे पनि पीडितले लुकीछिपी भागेर प्रहरी कार्यालयमा जाहेरी दिन पुगेको बताएकी छन् । पीडितका अनुसार बलात्कारको क्रममा नजिकै रहेका १० वर्षीय छोरा चिच्याउन खोज्दा उनलाई आरोपीले सिरकले मुख थुनेर राखेका थिए ।

कात्तिक २ गते राति झ्याल फोरेर स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले बलात्कार गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी हुन् । पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी तीनै जना फरार भएका थिए ।

घटनालगत्तै प्रहरीलाई खबर गर्दा वास्ता नगरेको र कार्यालयमै पुगेर जाहेरी दिन आग्रह गरेको पीडितले बताएकी छन् । साथै पीडकहरूले घटनालाई लुकाउन आर्थिक प्रलोभनसमेत दिएको पीडित महिलाको आरोप छ । पीडितले जाहेरी दिएपछि भने आरोपीहरू फरार भएका थिए । बलात्कृत महिलालाई बेनीस्थित हिंसापीडित आश्रयस्थलबाट माइती पक्षले लिएर गएका थिए ।

‘बाहिरबाट बोलाए । म नबोलेपछि झ्यालमा तीन लात्ता हानेर फोडेर भित्र पसे । म कराएँ । छोराछोरी उठेर रुन थाले, उनीहरूले छोराछोरीलाई पनि कुटपिट गरे । छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्’ पीडित महिलाले भनिन् । घटना बाहिर ल्याए पीडकले जलाएर हत्या गरिदिने धम्की दिएकोसमेत पीडित महिलाको आरोप छ ।

प्रकाशित : कार्तिक २२, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?