गोरखाका ९ पालिकामा सर्वसम्मत रूपमा एमालेको नेतृत्व चयन - गण्डकी - कान्तिपुर समाचार

गोरखाका ९ पालिकामा सर्वसम्मत रूपमा एमालेको नेतृत्व चयन 

हरिराम उप्रेती

गोरखा — दसौँ महाधिवेशन अन्तरगत नेकपा एमालेको ९ वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री र सहिद लखन गाउँपालिकाको अधिवेशन भने मंगलबार सुरु भएन । 

मंगलबार तयारी नपुगेर सरेको सहिद लखन गाउँपालिकाको अधिवेशन कात्तिक ११ गते गर्ने तय भएको नेकपा एमाले पाटी कार्यालयका सचिव कृष्ण कुँवरले बताए ।

विकट भूगोलका कारण चुमनुव्री गाउँपालिकाको अधिवेशन निर्धारित समयमा सुरु गर्न नसकिएको कुँवरले बताए । पालिकासँगै चुमनुब्रीको सात वटा वडाको अधिवेशनको मिति छिट्टै तय हुने उनले बताए । ९४ वडा रहेको गोरखामा चुमनुब्री गाउँपालिकाबाहेक ८७ वडा तहको अधिवेशन सकिएको छ । मंगलबार नौ वटा पालिकामा भने सर्वसम्मत रूपमा गाउँ कमिटी सर्वसम्मत चयन भएका छन् ।

गोरखा नगरपालिकाको अधिवेशनले देवीवहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको छ । गोरखा नगरपालिका नगरकमिटीको उपाध्यक्षमा राजेन्द्र तिवारी,सचिव शभ्भु थापा, उपसचिवमा मानबहादुर राना र कृष्णबहादुर विक चयन भएका छन् ।

पालुङटार नगरपालिकामा वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ६४ सदस्यीय नगर कमिटी गठन भएको छ । पालुङटारको उपाध्यक्षमा दीपक अधिकारी, सचिवमा प्रकाश न्यौपाने, उपसचिवमा नारायण बोगटी र राममाया राना चयन भएका छन् ।

धार्चे गाउँपालिकामा सुकबहादुर घलेको अध्यक्षतामा कमिटी चयन भएको छ । उपाध्यक्षमा धनकुमार घले, सचिवमा राम गुरुङ, उपसचिवमा रमेश गुरुङ र वीरबहादुर गुरुङ चयन भएका छन् ।

गण्डकी गाउँपालिकामा विष्णु पन्तको अध्यक्षतामा ३१ सदस्यीय गाँउ कमिटी निर्विरोध चयन भएको छ । गण्डकीको उपाध्यक्षमा इन्द्रबहादुर विक, सचिवमा भीमलाल श्रेष्ठ, उपसचिवमा लीलाबहादुर पाण्डे र विमला चेपाङ सर्वसम्मत चयन भएका छन् ।

सिरानचोक गाउँपालिकामा विराज गुरुङको अध्यक्षतामा गाउँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा मोहन शाही,सचिवमा ज्ञानराज गुरुङ र उपसचिवमा शिव पोखरेल चयन भएका छन् ।

भिमसेन थापा गाउँपालिकामा सुजन सिंखडाको अध्यक्षतामा कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा नवराज पोखरेल, सचिवमा हरि सिम्खडा र उपसचिवमा कमल भट्ट र निलप्रसाद खनाल चयन भएका छन् ।

बारपाक सुलिकोट गाउँपालिकामा मंगलबार भएको अधिवेशनले हरि बस्नेतको अध्यक्षतामा गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा खेम घले, सचिवमा सुजन गुरुङ र उपसचिवमा हरिकुमार श्रेष्ठ चयन भएका छन् ।

अजिरकोट गाउँपालिकामा लीलाबहादुर सुनारको अध्यक्षतामा कमिटी सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा सिंहबहादुर तामाङ, सचिवमा शर्मिला तामाङ र उपसचिवमा शेरबहादुर गुरुङ र कमल भट्ट चयन भएका छन् ।

आरुघाट गाउँपालिकामा मेनबहादुर अधिकारीको अध्यक्षतामा गाउँ कमिटी चयन भएको छ । आरुघाटको उपाध्यक्षमा राजेन्द्र राना, सचिव सूर्य दाहाल, उपसचिव सिरवल वराम र प्रेम गुरुङ चयन भएका छन् । वडा र पालिका अधिवेशनबाट युवा नेतृत्व तहमा आएको कार्यालय सचिव कुँवरले बताए ।

प्रकाशित : कार्तिक १०, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्

निर्जीवन बीमाको प्रिमियम बढाएर सीमा तोएिकोमा एफएनसिसिआईको विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको गैर शुुल्क बीमा व्यवसायका लागि तोकिदिएको न्यूनतम प्रिमियम दरप्रति उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले विरोध जनाएको छ । असोज ६ गते बीमा समितिले न्यूनतम प्रिमियम दर तोकिदिएको थियो । खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम बढाएर न्युनतम सीमा तोकिादा आयोजनाको लागत बढ्न जाने एफएनसिसिआईले जनाएको छ । 

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ ।

महासंघले यसरी न्यूनतम प्रिमियम दर तोकिँदा बजारमा प्रतिष्पर्धा निरुत्साहित हुन जाने जनाएको छ । जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले समितिलाई आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिस्पर्धाले नै न्यूनतम मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।


प्रकाशित : कार्तिक १०, २०७८ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×