१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एमाले बागलुङका ३ पालिकामा निर्विरोध अध्यक्ष चयन

प्रकाश बराल

बागलुङ — नेकपा एमालेको मंगलबार सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका तीन पालिकामा निर्विरोध अध्यक्ष चयन भएका छन् ।


गलकोट नगरपालिकामा पूर्णबहादुर काउचा निर्विरोध अध्यक्षमा चयन भएको पार्टी सचिव विष्णु भुसालले बताए । त्यस्तै ताराखोला गाउँपालिकामा ऋषिराम रोका र तमानखोला गाउँपालिकामा तारानाथ सिर्पाली अध्यक्ष भएका हुन् ।

रोका नेकपा एकीकृतबाट एमालेमा प्रवेश गरेका थिए भने अरु एमालेकै पुराना कार्यकर्ता हुन् । पदाधिकारी भने बुधबारसम्म मात्रै टुंगो लाग्ने गरी नेताहरु छलफलमा जुटेका छन् ।

बागलुङ नगरपालिकामा हालका अध्यक्ष धनबहादुर परियार र प्रेस चौतारीका सचिव रामकृष्ण शर्माबीच प्रतिष्पर्धा छ । पार्टीले मिलाउने प्रयास गरेको र बुधबारसम्म निर्विरोध बनाउने प्रयास भएको जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले बताए । अन्य पालिकामा पनि बुधबारसम्म परिणाम आउने उनले जानकारी दिए ।

जिल्लाका १० पालिकामध्ये मंगलबार ७ वटामा मात्रै अधिवेशन सुरु भएको थियो । जैमिनी नगरपालिका, निसीखोला र बरेङ गाउँपालिकामा भने तयारी नपुगेको भन्दै अधिवेशन स्थगित भयो । कात्तिक १३ गतेसम्ममा ती पालिकामा अधिवेशन गराउने तयारी भएको सापकोटाको भनाइ छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?