कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जरिवाना तिर्न नसक्दा ६ वर्ष १० दिन कैद

आश गुरुङ

लमजुङ — जरिवाना रकम तिर्न नसक्दा बैंकिङ कसूरका एकजना अभियुक्तले ६ वर्ष १० दिन थप कैद बस्नुपर्ने भएको छ ।

जरिवाना तिर्न नसक्दा ६ वर्ष १० दिन कैद


बैंकिङ कसूर मुद्दामा फरार रहेका लमजुङको सुन्दरबजार नगरपालिका ११ का ५१ वर्षीय पदमराज न्यौपानेलाई अदालतले ६ लाख ६० हजार रुपैयाँ जरिवाना र ७ दिनको कैद फैसला गरेको थियो । जरिवाना रकम तिरेमा ७ दिन कैद भुक्तानी गरेपछि कैदमुक्त हुन पाउनेमा जरिवाना रकम तिर्न नसकेपछि १ दिन बराबर ३ सय रुपैयाँ कट्टी हुने गरी उनलाई कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले महानगरीय प्रहरी वृत बालाजुको सहयोगमा पक्राउ गरी ल्याएका न्यौपानेलाई लमजुङ जिल्ला अदालतले सोमबार कारागार पठाएको छ । शनिबार राति काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजुबाट उनलाई पक्राउ गरी लमजुङ ल्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

प्रहरीका अनुसार बैंकिङ सम्बन्धी कसूर मुद्दामा उच्च अदालत पाटनले गत वर्ष पुसमा न्यौपानेविरुद्ध ६ लाख ६० हजार रुपैयाँ जरिवाना र ७ दिनको कैद फैसला सुनाएको थियो । उनीविरुद्ध २०७६ सालतिर मुद्दा परेको थियो । अदालतले ७ दिन मात्रै कैद तोकेकोमा ६ लाख ६० हजार रुपैयाँ जरिवाना तिर्न नसकी उनी जरिवाना रकमको कैद भुक्तान गर्न कारागार जानु परेको छ । ७ दिन कारागारमा बसेपछि कैदभुक्तानी कटाएर जरिवाना रकम बुझाएमा जुनसुकै समयमा पनि छुट्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?