कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लागूऔषध मुद्दाका फरार प्रतिवादी एमालेको वडा सदस्य निर्वाचित

दीपक परियार

पोखरा — लागूऔषध मुद्दाका फरार प्रतिवादी समेत एमालेको वडा अधिवेशनबाट सदस्यमा निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट कास्कीको रुपा गाउँपालिका-५ मा मुस्कान पंगेनी सदस्यमा निर्वाचित भएका हुन् ।

रुपा-५ का एमाले सचिव राजन खनालले पंगेनी सदस्य निर्वाचित भएको बताए ।

उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत तनहुँले ६ महिना कारागार सजाय तोकेको थियो । प्रहरीले २०७७ असार १६ गते उनलाई तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट तीन जनासहित पक्राउ गरेको थियो ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पंगेनी र उनका साथीलाई खानतलासी गर्दा प्रहरीले दुई किलो तीनसय ग्राम अवैध गाँजा बरामद गरेको थियो । उनी ११ दिन हिरासत बसेर तारेखमा छुटेका थिए । पछि तनहुँ अदालतले लागू औषध मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको सजाय तोकेको थियो ।

जेल सजाय भुक्तान नगरी उनी फरार थिए । फरार रहेकै अवस्थामा उनले भदौ १६ मा उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । उक्त मुद्दामा सोमबार पहिलो पेसी छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?