कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पूर्वीनवलपरासीमा छुट्टाछुट्टै घटनामा ३ को मृत्यु

कान्तिपुर संवाददाता

पोखरा — पूर्वीनवलपरासीमा छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार पाल्पाको माथागढी गाउँपालिका–७ बाट बुधबार घर फर्कने क्रममा पूर्वी नवलपरासीको विनयी त्रिवेणी–५ लालेपुच्छरका ५० वर्षीय रुकबहादुर चौहान र उनकी श्रीमती ४५ वर्षीया डकुमायाको शव भेटिएको हो ।

दुवैजना विनयी खोला तर्ने क्रममा बगाएर बुधबार नै बेपत्ता भएका थिए । दुवैजनाको शव बिहीबार बिहान साढे ११ बजे कुसुन्डे र लालेघाटस्थित बिनयी खोलाको बीच भागमा ढुंगामा अड्केको अवस्थामा फेला कार्यालयका डिएसपी श्रवणकुमार बिकले बताए ।

यसैगरी बुटवल उपमहानगरपालिका–१३ बेलबासका ७८ वर्षका मोहनलाल गैरे नारायणी नदीमा स्नान गर्ने क्रममा चिप्लिएर बेपत्ता भएकोमा बिहीबारै उनको शव भेटिएको छ । उनी कावासोती नगरपालिका–१३ पिठौलीमा स्नान गर्ने क्रममा चिप्लिएका थिए ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?