कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्स्याङ्दी नदीमा खसेर एक जना बेपत्ता

आश गुरुङ

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका १, तल्लो पिसाङ भएर बग्ने मर्स्याङ्दी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।

मर्स्याङ्दी नदीमा खसेर एक जना बेपत्ता

ओखलढुंगा घर भएका अन्दाजी ४२ वर्षीय कर्णसिंह तामाङ बेपत्ता भएको मनाङ प्रहरीले जनाएको छ । मनाङका प्रहरी प्रमुख डीएसपी सुवास खड्काका अनुसार पिसाङमा मजदुरी गर्दै आएका तामाङ बिहीबार बिहान पौने ७ बजेतिर मर्स्याङ्दीमा खसेर बेपत्ता भएको हो । ‘पिसाङको थोत्रो काठे पुलबाट खस्यो भन्ने जानकारी आएको छ । स्थानीयले मर्स्याङ्दीमा हाम फालेको बताइरहेका छन्,’ उनले भने ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि माथिल्लो क्षेत्रमा सीमा प्रहरी चौकी हुम्डे र तल्लो क्षेत्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले खोजी गरिरहेको उनले बताए ।

तामाङसँगै पिसाङमा सासूससुरा, साला र सालाको श्रीमतीसहित परिवार बस्दै आएका थिए । श्रीमती भने सन्तान पढाउन काठमाडौं रहेको स्थानीय बताउँछन् । उनी डेढ वर्षदेखि मजदुरी काम गर्दै आएको थिए । प्रहरीका अनुसार उनले हाम फाल्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?