मर्स्याङ्दी नदीमा खसेर एक जना बेपत्ता- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्स्याङ्दी नदीमा खसेर एक जना बेपत्ता

आश गुरुङ

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका १, तल्लो पिसाङ भएर बग्ने मर्स्याङ्दी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।

ओखलढुंगा घर भएका अन्दाजी ४२ वर्षीय कर्णसिंह तामाङ बेपत्ता भएको मनाङ प्रहरीले जनाएको छ । मनाङका प्रहरी प्रमुख डीएसपी सुवास खड्काका अनुसार पिसाङमा मजदुरी गर्दै आएका तामाङ बिहीबार बिहान पौने ७ बजेतिर मर्स्याङ्दीमा खसेर बेपत्ता भएको हो । ‘पिसाङको थोत्रो काठे पुलबाट खस्यो भन्ने जानकारी आएको छ । स्थानीयले मर्स्याङ्दीमा हाम फालेको बताइरहेका छन्,’ उनले भने ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि माथिल्लो क्षेत्रमा सीमा प्रहरी चौकी हुम्डे र तल्लो क्षेत्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले खोजी गरिरहेको उनले बताए ।

तामाङसँगै पिसाङमा सासूससुरा, साला र सालाको श्रीमतीसहित परिवार बस्दै आएका थिए । श्रीमती भने सन्तान पढाउन काठमाडौं रहेको स्थानीय बताउँछन् । उनी डेढ वर्षदेखि मजदुरी काम गर्दै आएको थिए । प्रहरीका अनुसार उनले हाम फाल्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

अनलाइनबाटै सिद्धार्थ बैंकमा मुद्दती खाता खोल्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ  बैंकको  मुद्दती खाता अब अनलाइनबाटै खोल्न सकिने भएको छ ।

डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ ।

यसका लागि सेवाग्राहीले बैंकको इजी वेबसाइट प्रयोग गर्न सक्नेछन् । पहिला यो सेवा बैंकले मोबाइल बैंकिङ एपबाट मात्र प्रदान गर्दै आएको थियो । ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएको आकर्षक ब्याजदरको फाइदा लिन सक्नेछन् ।


प्रकाशित : कार्तिक ४, २०७८ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×