भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रतीक्षा काफ्ले

पोखरा — स्याङ्जाको भालुपहाडस्थित पहिरो खस्दा सिर्दाथ राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित पहिरो खसेको स्याङ्जा प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको र नगरपालिका, सडक विभागसगँको सहकार्यमा राजमार्ग सञ्चालन गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।


प्रकाशित : कार्तिक ४, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

बझाङमा बाढीपहिरोले ९ जनाको मृत्यु, २१ जना बेपत्ता

वसन्तप्रताप सिंह

बझाङ — केही दिनयताको तीव्र वर्षासँगै आएको बाढी–पहिरोमा परी बझाङमा हालसम्म नौ जनाले ज्यान गुमाएका छन् । २१ जना अझै बेपत्ता छन् । 

मंगलबार बिहान थलारा गाउँपालिका–४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका पाँच जना बेपत्ता थिए । तीमध्ये दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा बेपत्ताको खोजीमा जुटेका छन् । ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका बासिन्दा त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन् ।


पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्तको घर र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । उनका अनुसार विद्यालयमा बसिरहेका विस्थापितमध्ये बालबालिका र वृद्धवृद्धालाई बढी समस्या छ ।

यस्तै खप्तडछान्ना गाँउपालिकामा बाढीपहिरोमा परी ६ जनाको मृत्यु भएको छ । डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना, माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया पत्नी जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया पत्नी चन्द्रा गिरी तथा पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो । एक जनाको पहिचान खुलेको छैन ।

छबिसपाथीभेरा गाँउपालिका–२ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० र थलारा गाँउपालिकाका दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।


उक्त क्षेत्रमा यति बेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×