कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गोरखाको आरुघाटमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

कान्तिपुर संवाददाता

गोरखा — आरुघाट गाउँपालिका–१  माझगाउँमा बुधबार राति ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । 

धादिङको गगाजमुना गाउँपालिकाका-७ का ३३ वर्षीय चालक मनोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका आरुघाट गाउँपलिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे प्राथमिक स्वास्स्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले बताए ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको मिनीट्रक चिप्लो बाटोमा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको उनले बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?