१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मोना अन्तर्राष्ट्रिय महाधिवेशन बेनीमा सुरु

घनश्याम खड्का

म्याग्दी — म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौंथो अन्तर्राष्ट्रिय महाधिवेशन बेनीमा सुरु भएको छ । पेसा, व्यवसाय तथा रोजगारीका लागि विश्वका विभिन्न देशमा छरिएका म्याग्दीवासीको साझा संस्था मोनाको चौंथो महाधिवेन मंगलबार प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।

मोना अन्तर्राष्ट्रिय महाधिवेशन बेनीमा सुरु

कोभिड–१९ को कारण महाधिवेशनमा भर्चुअल र भौतिक दुवै माध्यमबाट विश्वका विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २ सय ६१ जनाप्रतिनिधि सहभागी छन् ।

संसारभर छरिएका जिल्लावासीलाई संगठित गरी जन्मथलोमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र प्राकृतिक विपतमा मानवीय सहयोग गर्ने र जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले मोना स्थापना भएको हो । महाधिवेशन सुरु हुनुअघि मोनाका विभिन्न देशमा रहेका राष्ट्रिय समितिको झन्डासहित जातीय समूहको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

यसैवीच, मोनाको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष मीम पुर्जा (न्युजिल्यान्ड), उपाध्यक्ष अमर छन्त्याल (अमेरिका) र महासचिव विक्रम कार्की (कतार)ले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मत गराउने प्रयास थालिएको छ । ‘अध्यक्षमा सर्वसम्मत गराउन अग्रजहरु, अध्यक्षका हामी सबै दाबेदारबीच विभिन्न चरणमा छलफल भइरहेको छ । निर्वाचन कार्यतालिका हेरफेर गरेरै पनि मोना नेतृत्व सर्वसम्मत गराउने प्रयास रहन्छ,’ अध्यक्ष पदका दावेदार विक्रम कार्कीले भने, ‘सबैले जित्ने गरी सहमति खोज्छौं । देश विदेशमा रहेका सबै मोना सदस्यलाई विभाजन गराउँदैनौं ।’

प्रकाशित : कार्तिक २, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?