२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ट्याक्टरको सामानले च्यापिँदा चालकको मृत्यु

कान्तिपुर संवाददाता

लमजुङ — आफैंले चलाएर लगेको ट्याक्टरमा राखिएको सामानले च्यापिँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, खुदीमा चालकको मृत्यु भएको छ ।

बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१त ५५६५ नम्बरको ट्याक्टरले बोकेको फलामजन्य सामग्रीले च्यापिन पुग्दा चालक दोर्दी गाउँपालिका ४ का २५ बर्षीय मनबहादुर गुरुङको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रमुख सई विष्णुबहादुर नेपालीका अनुसार सोमबार साँझ खुदीस्थित ओरालो सडकमा ब्रेक लगाउने क्रममा पछाडि राखेको छडलगायतका सामग्री अगाडि हुत्तिएर चालकको टाउको र गर्धनमा लागेको थियो ।

घरको रेलिङका लागि प्रयोग हुने फलामले च्यापिन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ । ट्याक्टरमा भने कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?