कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हत्याका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

स्याङ्जा — छिमेकीको हत्या गरी फरार भएका स्याङ्जाका पोतबहादुर रोकाहा १९ वर्षपछि पक्राउ परेका छन् । अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय रोकाहालाई शनिबार प्रहरीले घरैबाट पक्राउ गरेको जनाएको छ ।

उनले सोही गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७ गते कर्तव्य गरी मारेको आरोप लागेको थियो । त्यसयता उनी फरार थिए । प्रहरीका अनुसार उनी घटनापछि फरार भई भारतमा लुकिछिपी बस्दैआएका थिए ।

यो दसैंमा लुकिछिपी घर आएको मौका छोपी प्रहरीले उनलार्इ घरैबाट पक्राउ गरेको जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?