कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई

रासस

दमौली — सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् ।

कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन् ।

प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ । कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए ।

'कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,' उनले भने, 'कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।' उक्त कार्यालय भाडामा भवन लिएर सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : आश्विन ३१, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?