२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गोरखामा जिप दुर्घटना, १४ घाइते, ३ को अवस्था गम्भीर

हरिराम उप्रेती

गोरखा — गण्डकी गाउँपालिका–८ मलेओडारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोरखामा जिप दुर्घटना, १४ घाइते, ३ को अवस्था गम्भीर

मंगलबार वेनिघाटबाट माझीटार जाँदै गरेको बा २० च ४४०० नम्बरको जिप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर भीरमा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । घाइतेमध्ये ७ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये धादिङ ज्वालामुखी गाउँपालिका–१ माझिटारकी २० वर्षीया संगिता माझी, २१ वर्षिय रमण कुमाल र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकका ३६ वर्षीया सन्जु पुलामीको अवस्था गम्भीर रहेको छ ।

धादिङ ज्वालामुखी गाउँपालिका–१ माझीटार बस्ने ४८ वर्षीय सुब्बा माझी, २८ वर्षीय बलबहादुर कुमाल, २१ वर्षीय रमण कुमाल, गण्डकी गाउँपालिका–६ भुम्लिचोकका ५० वर्षीय होमबहादुर कुमाल र ५० वर्षीय बृन्दा कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको दाहालले बताए ।

चालकसहित सामान्य अवस्थाका थप ७ घाइतेको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक २२ वर्षीय मनोज माझीको अवस्था सामान्य रहेको र प्रहरी निगरानीमा उपचार भइरहेको उनले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २६, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?