गण्डकीका मन्त्री डोवाटेले लिए पद तथा गोपनीयताको शपथ

प्रतीक्षा काफ्ले

कास्की — नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान मात्रै विना विभागीय मन्त्रीमा नियुक्त भएका विश्वकर्माले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् । 

गण्डकीका मन्त्री डोवाटेले लिए पद तथा गोपनीयताको शपथ

उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाए । उनी कांग्रेसका समानुपातिक सांसद हुन् । विश्वकर्मा यसभन्दा अघि पनि मन्त्रीको चर्चामा थिए ।

उनलाई मन्त्री नबनाएको भन्दै चौतर्फी विरोध भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभा अन्तर्गत विधायन समितिको सभापति बनाउन प्रस्ताव गरेका थिए ।

तर विश्वकर्माले उक्त प्रस्ताव असन्तुष्टि जनाउँदै अस्वीकार गरेका थिए । विश्वकर्माले अहिले पार्टीलाई आवश्यकता परेको र पहिला अन्याय गरेको महसुस भएकाले आफूलाई मन्त्री बनाएको बताएका छन् ।

मुख्यमन्त्रीले गठबन्धनसँग सल्लाह नगरी मन्त्री नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउँदै शपथ कार्यक्रममा माओवादी केन्द्र र जनता समाजवादीका मन्त्रीहरु सहभागी भएनन् ।

प्रकाशित : आश्विन २५, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?