प्रदेश सांसद डोबाटे मन्त्री नियुक्त

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । 

प्रदेश सांसद डोबाटे मन्त्री नियुक्त

कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ ।

डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?