कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्याङ्जामा जिप दुर्घटना, २ को मृत्यु,  १७ घाइते

प्रतीक्षा काफ्ले

स्याङ्जा — यहाँको वालिङ नगरपालिका–१० मोदीखोलास्थित भित्रि सडक खण्डमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरुलाई वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।  

स्याङ्जामा जिप दुर्घटना, २ को मृत्यु,  १७ घाइते

वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खसेको थियो । जिपमा सवार १७ जना घाइते भएका जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार १५ जना घाइतेको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका गल्याङ–१० कै ४ वर्षीया करिष्मा थापा, २ वर्षीय अर्चल विकलाई थप उपचारका लागि मणिपाल मेडिकल अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । प्रहरीका अनुसार दुवै जनाको अवस्था गम्भीर छ ।

यस्तै घाइते हुनेमा ५५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना विक, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रिता गाहा, २२ वर्षीया पुष्पा पल्ली, ४५ वर्षीया भिमकुमारी पल्ली, २ वर्षीय एन्जल गाहा, ३ वर्षीया एमना पल्ली, ५५ वर्षीया लिलाकुमारी पल्ली र ३१ वर्षीय रुद्रबहादुर थापा रहेका छन् ।

यस्तै, वालिङ नगरपालिका–१० का २४ वर्षीया सपना थापा र २ वर्षीय नविन थापा रहेको प्रहरीले जनाएको छ । चालक रुद्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?