कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गण्डकी प्रदेशलाई साक्षर घोषणा

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशलाई आइतबार साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको सभागृहमा एक कार्यक्रमबीच साक्षर प्रदेश घोषणा गरेका हुन् । साक्षर प्रदेश घोषणामा गण्डकी दोस्रो हो । यसभन्दा अघि वाग्मती प्रदेशलाई घोषणा गरिएको थियो ।

गण्डकी प्रदेशलाई साक्षर घोषणा

११ जिल्ला रहेको गण्डकीमा औसत साक्षरता ९६.५७ प्रतिशत साक्षर छन् ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिकाले भर्ना भई विद्यालयमै पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आइतबार साक्षर घोषणा गरिएको शिक्षामन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । गण्डकीमा ११ जिल्ला र ८५ वटा पालिकाले साक्षर घोषण गरिसकेका थिए ।

शिक्षा नागरिकको मौलिक अधिकार

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा नागरिकको मौलिक अधिकार रहेको बताएका छन् । उनले शिक्षामा थप कार्यक्रम ल्याउनुपर्ने बताउँदै बजेटको पनि थप व्यवस्था गर्नुपर्ने बताए । आइतबार गण्डकी प्रदेशलार्य साक्षर प्रदेश घोषण गर्दै उनले सिंगो मुलुकलाई नै साक्षर बनाएर निरक्षरताको कलंक मेटाउने सरकारको उदेश्य रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालमा कोभिडको महामारी कम हुँदै गएको बताए । उनले फरकफरक विषयमा बोल्दै प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको बताएका थिए । उनले संसद्‌मा रहेका सबै पार्टी प्रजातन्त्रको लागि लडेको बताएका थिए ।

प्रकाशित : आश्विन २४, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?