पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक उत्कृष्ट

नारायण शर्मा

पूर्वी नवलपरासी — गण्डकी प्रदेशका ११ जिल्लामा पूर्वी नवलपरासी प्रहरी उत्कृष्ट भएको छ । ६६ औं प्रहरी दिवसको अबसरमा आज पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यहाका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई सम्मान गरेका हुन् ।

पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक उत्कृष्ट

पोखरास्थित क्षेत्रीय प्रहरी कार्यालयमा आयोजित समारोहमा पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक प्रकाश मल्ललाई सम्मान गरिएको हो । शान्ति सुरक्षा, अपराध नियन्त्रण, राजस्व असुली, दुर्घटना न्यूनीकरण, समाजसँग साझेदारीमा अब्बल र प्रदेशमा उत्कृष्ट कार्यगरेबापत मल्ललाई सम्मान गरिएको हो । गण्डकीका ११ जिल्लामा कार्यसम्पादनका हिसाबले उत्कृष्ट कार्य गरेबापत पूर्वी नवलपरासीका प्रहरी प्रमुख मल्ललाई सम्मान गरिएको हो । डीआईजीको कार्यालय पोखराले सबै जिल्लाका प्रहरी प्रमुखसँग कार्य सम्पन्न सम्झौता गरेअनुसार उत्कृष्ट ठहरिएकाले यहाँको प्रहरी सम्मानित भएको हो ।

मुख्यमन्त्रीकै जिल्लाको प्रहरीले प्रदेशभरिमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै सम्मान कार्यक्रमका मुख्य अतिथि कृष्णचन्द्र पोखरेलले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : आश्विन २०, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?