३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बागलुङमा ट्रायल कटाए तत्काल अस्थायी लाइसेन्स

प्रकाश बराल

बागलुङ — यातायात व्यवस्था कार्यालयले सञ्चालन गर्ने ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षा उत्तीर्ण गरेपछि तत्कालै लाइसेन्स दिन थालिएको छ । बागलुङस्थित कार्यालयले क्यूआर कोड भएको अस्थायी लाइसेन्स परीक्षा उत्तीर्ण गरेकै दिन वितरण गर्न थालेको हो ।

बागलुङमा ट्रायल कटाए तत्काल अस्थायी लाइसेन्स

परीक्षा उत्तीर्ण भएपछि दिने रसिद बोकेर डेढ वर्षसम्म हिँड्नु पर्दा चालकले हैरानी खेपेका थिए । मंगलबारदेखि उक्त लाइसेन्स वितरण सुरु भएको छ ।

साथै, उक्त रसिदमा फोटो नहुने, कतिपयले नाम ढाँटेर फरक फरक व्यक्तिले प्रयोग गर्ने समेत गरेकोमा अस्थायी लाइसेन्सले सवारी दुर्घटना समेत न्यूनीकरण हुने कार्यालयका प्रमुख पारसिंह थापाले बताए । ‘यो कार्ड कार्यालय र ट्राफिकले रिड गर्न सक्ने गरी बनाइएको छ, नक्कली र सक्कली तत्कालै थाहा हुन्छ,’ थापाले भने, ‘स्मार्ट लाइसेन्स नआएसम्म यसले काम गर्छ ।’ केही वर्षदेखि यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण थालेपनि लामो समय नआउने समस्या छ । समयमा नआएपछि चालकले प्रमाण जुटाउन पनि सास्ती थियो ।

अस्थायी लाइसेन्स प्रयोगकर्ताले एक वर्षभित्र ५ पटकसम्म नियम उल्लंघन गरे स्मार्ट लाइसेन्स नपाउने व्यवस्था छ । ‘कतिपटक कानून उल्लंघन भयो भन्ने डाटा रहने व्यवस्था छ,’ ट्राफिक प्रहरी प्रमुख बद्रीनाथ तिमिल्सिनाले भने, ‘नक्कली कागजात बोक्ने अवस्था पनि अब समाधान हुन्छ ।’ बागलुङमा लामो समयदेखि चालक अनुमति पत्र वितरण समेत भएको थिएन ।

साथै, परीक्षा पनि लामो समयदेखि सञ्चालन हुन सकेको छैन । बागलुङको कार्यालयले गण्डकीका ४ जिल्लामा लाइसेन्स वितरण र परीक्षा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : आश्विन २०, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?