२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

डुम्रे–बन्दीपुर सडक विस्तारमा ‘अनियमितता’

सम्झना रसाइली

तनहुँ — उपभोक्ता समितिमार्फत डुम्रेस्थित नाहालादेखि बन्दीपुरसम्मको करिब ८ किलोमिटर सडक खण्ड फराकिलो पार्दा अनियमितता भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

डुम्रे–बन्दीपुर सडक विस्तारमा ‘अनियमितता’

महालेखाको प्रतिवेदनमा उक्त सडक खण्ड चाक्लो बनाउन ३६ लाख ७३ हजार ९३ रुपैयाँ मूल्यांकन गरी बन्दीपुर गाउँपालिकाले समितिको नाममा ३२ लाख १९ लाख २९० रुपैयाँ भुक्तानी गरेको उल्लेख छ । महालेखाले नियमविपरीत भुक्तानी गरेको भन्दै ५ लाख ७६ हजार २ सय ४९ रुपैयाँ बेरुजु देखाएको छ ।

उक्त सडक खण्ड चौडा गर्दा वर्थ वोर्क क्याल्कुलेसन सिटअनुसार जम्मा ९२४.५ घनमिटर रोड कटिङको कार्य भएकोमा २१७१.०८ घनमिटर कडा चट्टान फोरेको देखाइएको छ । सो कार्यको पुनः विस्तृत नापी नगरेको र वर्थ वोर्क क्याल्कुलेसन सिटमा समेत कार्य भएको नदेखिएको ५४२.७७ घनमिटर कडा चट्टान डोजरमार्फत ब्रेकर लगाएको उल्लेख गरी प्रतिघनमिटर ११८२.३५ का दरले कडा ढुंगा फोरेको खर्च लेखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

वर्थ वोर्क क्याल्कुलेसन सिट अनुसार सडक चौडा गर्ने कार्यका लागि जम्मा ९२४८.५ घनमिटरको रोड कटिङको कार्य भएको मध्ये २१७१.०८ घमी कडा चट्टान फोरेको देखिएकोमा पुनः चेनेज नखुलेको क्याल्कुलेसन सिट र विस्तृत नापीमा नचढेको ५४२.७७ घमी. कडा चट्टान ब्रेकर लगाएर फोरेको खर्च लेख्न नमिल्ने महालेखाले जनाएको छ ।

त्यस्तै, ब्रेकर लगाएर कडा चट्टान फोर्ने कार्य भएको नदेखिएकोमा भएको भनी ५४२.७७ घनमिटरको ६ लाख ४१ हजार ७७४ रुपैयाँ खर्च लेखेकोमध्ये उपभोक्ता समितिको अंश १०.२१ प्रतिशत घटाई बढी भुक्तानी भएको ५ लाख ७६ हजार २४९ रुपैयाँ असुल गर्न महालेखाले भनेको छ ।

कडा ढुंगा फोरेको खर्च लेख्ने तर फोरिएको नदेखिने कारणले कामको अवस्था यकिन नभएको, स्थानीय दरले ३२ लाख ८१ हजार ४५ रुपैयाँ मूल्य पर्ने उक्त २७१३.८५ घमी ढुंगाको स्थिति यकिन गर्न महालेखाको प्रतिवेदनमा छ । डुम्रे–बन्दीपुर सडक खण्डमा डिभिजन सडक कार्यालयले सडक चौडा गर्ने र नाली निर्माण गरेको अवस्थामा पालिकाले समेत सोही स्थान र चेनेजमा सडक चौडाइको कार्य गर्दा दोहोरोपन गरेको महालेखाले भनेको छ ।

प्रकाशित : आश्विन २०, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?