सर्पले डसेर मध्यविन्दुमा एक किशोरीको मृत्यु

नारायण शर्मा

नवलपरासी पूर्व — नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यविन्दु नगरपालिका वडा नम्बर १३ कोटथर निवासी १४ वर्षीया प्रबिता कार्कीलाई सर्पले डसेको थियो । गोठमा राखेको कपडा झिक्न जाँदा उनलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ ।

उपचारका क्रममा भरतपुर अस्पतालमा उनको गएराति अबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई गएराति नै भरतपुर अस्पताल लगिएको थियो ।

प्रकाशित : आश्विन १९, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?