कावासोतीले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ दिने

नारायण शर्मा

नवलपरासी पूर्व — कावासोती नगरपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ । 

कावासोतीले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ दिने

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले नगरपालिकाभित्र कोराना संक्रमणले ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिए । यो रकम दसैंअगाडि नै वितरण गरिने पनि उनले बताए ।

कावासोती नगरपालिकाभित्र गत १९ महिनाको अवधिमा ५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?