कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा दिने हल्ला निराधार  : नेकपा (एस)

नारायण शर्मा

नवलपुर — नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष केशवलाल श्रेष्ठले प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा दिने भन्ने समाचार निराधार रहेको बताएका छन् । 

प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा दिने हल्ला निराधार  : नेकपा (एस)

‘५ दलीय गठबन्धनमा आजसम्म त्यस्तो विषयले प्रवेश पनि पाएको छैन । त्यो कसले मिडियाबाजी गर्‍यो उसैलाई थाहा होला । संविधानमा व्यवस्था भएको बाहेक कसैलाई मन्त्री दिने भन्ने नै हँुदैन,’ उनले भने । यस्तो विषय ५ दलीय गठबन्धनलाई जानकारी समेत नरहेको उनको दाबी थियो ।

कावासोतीमा सोमबार नेकपा (एस)को पार्टी कार्यालय भवन उद्घाटनका लागि आएका उपाध्यक्ष श्रेष्ठले केही संवैधानिक निर्णयहरु परिपक्व हुन समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

‘मन्त्रिमण्डल गठनमा केही ढिलाइ भएको ५ दलीय सहमतिमै हो,’ उनले भने ।दल विभाजनसम्बन्धी अध्यादेशका कारण केही ढिलाइ भएको र अब तीन दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरे । ओलीको अहंकार र आफै ‘राज्य हूँ’ भन्ने गलत चिन्तनको सर्मथन गर्न नसेका कारण अध्यादेशबाट नेकपा (एस) जन्मिएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भने- 'मैले मन्त्रीमा भाग मागेँ भन्ने समाचार झूटो हो'

गठबन्धनमा प्रधानन्यायाधीश पनि ?

प्रकाशित : आश्विन १८, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?