कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टरको ठक्करबाट स्याङ्जामा पैदलयात्रुको मृत्यु

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको आँधिखोला गाउँपालिका-५ बरको बोटस्थित बिहीबार साँझ ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

भित्री सडक खण्डबाट ओरालो झर्दै गरेको ग १ त ३१७८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेकी सोही ठाउँकी ४५ वर्षीय माया विकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारका क्रममा क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

ट्याक्टर चालक ओखलढुंगा मानेभन्ज्याङ् गाउँपालिका-४ घर भई आँधीखोला-५ बस्दै आएका २७ वर्षीय अनिल राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित : आश्विन १५, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?