कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नौ घन्टादेखि दाउन्‍ने सडकमा सवारी जाम

नारायण शर्मा

पूर्वी नवलपरासी — दाउन्ने पहाडमा बिग्रिएको गाडी सडकबाट हटाउन नसक्दा करिब ९ घन्टादेखि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।  दाउन्ने बजारदेखि पश्चिमतर्फ राजमार्ग भासिएको स्थानमा बिग्रिएको ट्रकका कारण बिहान ७ बजेदेखि यातायातका साधन चल्‍न नसकेको हो ।

नौ घन्टादेखि दाउन्‍ने सडकमा सवारी जाम

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको खण्ड नबनाएकोले त्यहाँ भैरहवाबाट आएको मालबहाक गाडी बिग्रिएर फसेको हो ।

दाउन्नेमा बिहानैदेखि जाममा परेका भरतपुरका निमप्रसाद ढकालले घुम्तीमा मालबहाक गाडी फसेकोले आउजाउ गर्न नसकिएको बताए । राजमार्ग ठप्प हुँदा पूर्व-पश्चिम हिँडेका हजारौं गाडी दाउन्नेमा अलपत्र परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पूर्वतर्फ अरुणखोला र पश्चिमतर्फ भूताहासम्म सवारी साधन जाम परेको छ । पानी परेकोले दाउन्ने सडक खण्डमा हिलैहिलो छ ।


प्रकाशित : आश्विन १३, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?