कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कतारकी राजकुमारी आस्मासहितको टोली मनास्लु चुचुरोमा

हरिराम उप्रेती

गोरखा — कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । 

कतारकी राजकुमारी आस्मासहितको टोली मनास्लु चुचुरोमा

आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले बताए । चुचुरोमा पुगेर आस्मासहितको टोलि बेसक्याम्पतिर फर्कने क्रममा रहेको उनले जानकारी दिए । ‘थप इन्फर्मेसन आउँदै छ, उहाँसहितको टोलीले सफल आरोहण गरेर आधारशिविर फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने ।

मनास्लु हिमालको चुचुरोसम्म डोरी टाँगेर बाटो तयार भएसँगै बेसक्याम्पमा रहेका आरोहीले आरोहण थालेका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट २० देशका १ सय ७१ जनाले अनुमति लिएका छन् । तिनमा १ सय ३३ पुरुष र ३८ महिला छन् ।

प्रकाशित : आश्विन ११, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?