२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कांग्रेस अधिवेशन : पोखरामा पौडेल समूहका विजुक्छे निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । उनले ४१४ मतसहित पाँच प्रतिस्पर्धीलाई पराजित गर्दै सभापति बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।

कांग्रेस अधिवेशन : पोखरामा पौडेल समूहका विजुक्छे निर्वाचित

त्यस्तै, रामराज लामिछानेले २०९, मोहनप्रसाद बास्तोलाले १२७, मिलनप्रसाद तिवारीले १५३ र ज्योति हमालले ११ मत पाइन् । सभापतिमा विजयी बिजुक्छे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।

यस्तै, महानगर उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भएका छन् । सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापाले जितेका छन् । महानगरमा क्षेत्रीय प्रतिनिधि र वडाध्यक्षसमेत गरी एक हजार ३७० मतदाता थिए ।

प्रकाशित : आश्विन १०, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?