कांग्रेस अधिवेशन : लमजुङमा राइनासबाहेक ७ वटै स्थानीय तहको नेतृत्व टुंगो लाग्यो

आश गुरुङ

लमजुङ — लमजुङमा राइनास नगरपालिकाबाहेक ७ वटै स्थानीय तहमा कांग्रेसको अधिवेशन सकिएको छ । कांग्रेसले नगरपालिकामा चुनावी प्रक्रियाबाट नेतृत्वको टुंगो लगाएका छन् । ४ वटा गाउँपालिका रहेको लमजुङमा नेतृत्वसहित पदाधिकारी र सबै सदस्य सहमतिमा टुंग्याइएको छ ।

कांग्रेस अधिवेशन : लमजुङमा राइनासबाहेक ७ वटै स्थानीय तहको नेतृत्व टुंगो लाग्यो

क्व्होलासोंथर गाउँपालिकामा पसबहादुर गुरुङ सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा हुपिजंग गुरुङ, सूर्य गुरुङ, सचिवमा सञ्जय पौडेल, सन्दीप गुरुङ, सहसचिवमा सूर्यबहादुर गुरुङ र जितबहादुर गुरुङ निर्वाचित भएका छन् । ६० सदस्यीय कार्य समिति सबै सर्वसम्मत भएको कांग्रेस महाधिवेशन प्रतिनिधि गमप्रसाद गुरुङले बताए ।

दूधपोखरी गाउँपालिका सभापतिमा मेघराज गुरुङ सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा धर्मदत्त न्यौपाने र अशोक गुरुङ, सचिवमा नारायण गुरुङ र बेलबहादुर गुरुङ साथै सहसचिवमा राजेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले बताइन् । दूधपोखरीमा ३७ सदस्यीय कार्य समिति चयन भएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा कृष्णबहादुर गुरुङको सभापतित्वमा कार्य समिति गठन गरिएको छ । उपसभापतिमा चुडामणि भण्डारी र पुष्प गुरुङ, सचिवमा भीमराज घले र विनोद परियार, सहसचिवमा सोमबहादुर तामाङ र बीज घले साथै कोषाध्यक्षमा बिलबहादुर गुरुङ चयन भएका छन् । हाल २९ सदस्य निर्विरोध भएको कांग्रेसका अगुवा नरबहादुर गुरुङले बताए ।

दोर्दी गाउँपालिकाको सभापतिमा विच्छबहादुर घले सर्वसम्मत भएका छन् । उपसभापति लक्ष्मीप्रसाद गुरुङ, यमबहादुर तामाङ र लक्ष्मण घिमिरे चयन भएका छन् । सचिवमा प्रकाश कुावर, अमृत बानिया र विश्वबहादुर अधिकारी चयन भएका छन् । सहसचिवमा गजबहादुर गुरुङ र प्रितम अधिकारी चयन भएका छन् । प्रवक्तामा ध्रुवशाली घिमिरे चयन भएको युवा नेता दीपक अधिकारीले बताए । कुल ४५ सदस्यीय गाउँ कार्य समिति चयन भएको कांग्रेसले जनाएको छ ।

बेंसीसहर नगरपालिकामा शरणहरि जोशीले १ सय ५ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी सुरेशबाबु पाण्डेले ८० मत पाएका छन् । उपसभापतिमा खिमबहादुर गुरुङले १ सय ४९ मत र गंगाबहादुर कुतालले १ सय १३ मतका साथ विजयी भएका छन् । सचिवमा प्रदीप बस्नेतले १ सय ३२ र शोभाकर बरालले ९७ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा चिरण रिमाल र महेन्द्र दनाइँ विजयी भएका छन् ।

मध्यनेपाल नगरपालिकामा वसन्तराज घिमिरे ९९ मत ल्याएर सभापतिमा विजयी भएका छन् । प्रतिद्वन्द्वी रामचन्द्र भण्डारीले ७९ मत ल्याएका छन् । उपसभापतिमा नवराज पराजुलीले ९६ र बलराम घिमिरेले ९७ मत ल्याएर निर्वाचित भएका छन् । सचिवमा ओमबीर गुरुङले ९४ र दिनेश पौडेलले ९६ मत ल्याएर विजयी भएका छन् ।

सुन्दरबजार नगरपालिकामा १ सय ११ मतान्तरले प्रकाश सेढाई सभापतिमा निर्वाचित भएका छन् । सेढाईले १ सय ६४ मत ल्याउँदा प्रतिद्वन्द्वी दामोदर अधिकारीले ५३ मत ल्याएका छन् । उपसभापतिमा चन्द्रकुमारी गुरुङ र कृष्णप्रसाद अधिकारी, सचिवमा अमोल खनाल र दिनेशबाबु कोइराला साथै सहसचिवमा विना न्यौपाने कोइराला र सुनिल तामाङ निर्वाचित भएका छन् ।

कांग्रेस सभापति भेषबहादुर पौडेलले राइनास नगरपालिकाको मतदान स्थगित भएको र अन्य सवै ठाउामा सौहर्दपूर्ण वातावरणमा समिति चयन भएको बताए । ‘राइनासमा स्थगित भयो । नगरपालिकामामा मतदान प्रक्रियाबाट टुंग्याइयो । गाउँपालिकामा सहमति भयो’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?