कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कांग्रेस महाधिवेशन : कतै सर्वसम्मत, कतै सर्‍यो

प्रदेश ब्युरो

पोखरा — नेपाली कांग्रेसको शनिबार तय पालिकास्तरीय अधिवेशन गण्डकी प्रदेशका एकबाहेक सबै जिल्लामा सम्पन्न भएको छ । अधिवेशनअन्तर्गत कतिपय पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

कांग्रेस महाधिवेशन : कतै सर्वसम्मत, कतै सर्‍यो

पूर्वी नवलपरासीमा भने सोमबारलाई अधिवेशन सारिएको छ । केही पालिकामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको परिणाम आउने क्रम पनि जारी छ । गोरखा संवाददाताका अनुसार ११ स्थानीय तहमध्ये ६ वटामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । बाँकी ५ पालिकामा भने निर्वाचन भएको छ । चुमनुव्री गाउँपालिकामा सूर्यबहादुर गुरुङ, सहिद लखनमा काशीनाथ अंगाई, धार्चेमा सन्तोष गुरुङ, आरुघाटमा राजु गुरुङ, अजिरकोटमा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत चुनिए । चुमनुव्री र धार्चेमा पालिका सभापतिसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत भएका हुन् ।

गोरखा नगर सभापतिमा चन्दनबाबु खत्री र डिलबहादुर थापा, पालुङटार नगरपालिकामा अमर धिताल र विमल ढकाल उम्मेदवार छन् । भीमसेन थापा, बारपाक सुलिकोट, सिरानचोक गापामा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले बताए ।

बागलुङका सबै स्थानीय तहको सभापतिमा दुइदेखि तीन जनासम्म र पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि निर्वाचन प्रक्रिया थालिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले बताए । आइतबार बिहान ७ देखि ९ बजेसम्म सहमतिको प्रयास हुने र नभए १० बजेदेखि निर्वाचनमा जाने गरी समितिले तयारी गरेको बागलुङ नगर निर्वाचन समितिका प्रमुख अखिलनाथ शर्माले जानकारी दिए । शनिबारको अधिवेशनमा निसीखोलाको सभापतिमा भने सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

कास्की संवाददाताका अनुसार पोखरा महानगरलगायत कास्की र स्याङ्जाका पालिकाका अधिवेशन सकिएका छन् । पोखरा महानगर सभापतिमा ६ जनाबीच प्रतिस्पर्धा छ । शनिबार मतदान सकिएको र राति अबेरसम्म नतिजा आउन सक्ने कास्की कांग्रेस सचिव सुदीपमोहन भट्टराईले बताए । कास्कीकै रूपा गापामा विमल न्यौपाने, अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी र माछापुच्छ्रे गापामा वीरेन्द्र गुरुङ सभापतिमा चुनिएका छन् । मादीमा पनि मतदान प्रक्रिया चलेको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये हरिनास गापामा टोपबहादुर भुजेल निर्वाचित भएका छन । स्याङ्जा कांग्रेसका प्रवक्ता इन्द्रबहादुर गोदारका अनुसार आँधिखोला, कालीगण्डकी गापा र चापाकोट नगरपालिकामा सर्वसम्मतका लागि छलफल भइरहेको छ । बिरुवा, फेदीखोला, अर्जुनचौपारी गापा र पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिकामा भने मतदान भएको छ ।

पूर्वी नवलपरासीमा भने सोमबार मात्रै अधिवेशन हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलका अनुसार केही पालिकामा प्राविधिक समस्या देखिएकाले शनिबार निर्वाचन हुन नसक्दा कार्यतालिकामा फेरबदल गरिएको हो । यहाँका ८ वटा पालिकामा सोमबार उम्मेदवारको मनोनयन गरिने र मंगलबार मतदान हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

म्याग्दीका ६ मध्ये ४ पालिकामा नेतृत्व टुंगो लागेको छ । दुई वटामा भने आइतबार मतदान हुने भएको छ । धवलागिरि, मालिका, मंगला गाउँपालिकामा निर्विरोध सभापति चयन भएका र अन्नपूर्ण मतदानबाट नेतृत्व छानिएको छ । बेनीनगरपालिका र रघुगंगा गापामा सहमति नजुटेकाले आइतबार मतदान हुने भएको हो ।

मुस्ताङका ५ स्थानीय तहमध्ये घरपझोङ गाउँपालिकामा यामप्रसाद थकाली सभापतिमा सर्वसम्मत भएका छन् । निर्वाचन सहसंयोजक अनन्त आचार्यका अनुसार वारागुङमुक्ति क्षेत्रमा आङ्जेन गुरुङ सभापतिमा निर्विरोध भए । थासाङ्ग गापामा ढिलो गरी कार्यक्रम सुरु भएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गापामा सम्पर्क भएको छैन ।

पर्वतका २ नगरपालिका र ५ गाउँपालिकामध्ये बिहादीबाहेक सबै पालिकामा आइतबार निर्वाचन हुने भएको छ । मनाङमा ४ वटै स्थानीय तहको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पालिका सभापतिदेखि सदस्यसम्म सबै सर्वसम्मत निर्वाचित गरेको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए ।

लमजुङका सबै ४ गाउँपालिकामा नेतृत्व सर्वसम्मत भएका छन् । ४ नगरपालिकामा राइनासबाहेक निर्वाचन भइरहेको कांग्रेसले जनाएको छ । अधिकतम सहमतिको प्रयास गरिएको र सहमति हुन नसकेको ठाउँमा लोकतान्त्रिक विधिबाट चुनावी प्रक्रिया अघि बढाइएको कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए ।

तनहुँमा १० पालिकामध्ये तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्लागण्डकी नगर सभापतिमा गोपीबहादुर गुरुङ, देवघाट गाउँ सभापतिमा तीलबहादुर थापा र घिरिङ गाउँ सभापतिमा यमबहादुर थापा सर्वसम्मत भएको तनहुँका पार्टी सचिव विश्व बास्तोलाले जनाए । बन्दिपुरा, आँवुखैरेनी गाउँपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा भने निर्वाचन भएको छ । बन्दिपुर गाउँ सभापतिमा कर्णबहादुर खत्री विजयी भएका छन् । आँबुखैरेनी गाउँ सभापतिमा ५६ मत प्राप्त गरी विष्णु पन्त विजयी भएका छन् । भानु, व्यास र म्याग्देमा भने निर्वाचन प्रक्रिया चलिरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?